back
CTIZAN AD

वैदेशिक रोजगारीमा रहेकालाई सोनापुर सिमेन्टको आईपीओ भर्ने आज अन्तिम मौका

वि.सं.२०८० भदौ ११ सोमवार

759 

shares

काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट)ले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन रहेको छ । आयोजना प्रभावित स्थानीय हकमा भने म्याद थप गरि भदौ २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ ।

कम्पनीले साउन २९ गतेदेखि पहिलो चरणको आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १२५ रुपैयाँ थप गरि प्रति कित्ता २२५ रुपैयाँमा शेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १५ लाख ३७ हजार ५ सय २५ कित्ता शेयर निष्काशन गरेको छ । स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले अन्य सर्वसाधारणलाई भन्दा स्थानीयलाई १२.५८ रुपैयाँ कम मूल्यमा शेयर निष्काशन गरेको हो ।

त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १० लाख ७६ हजार २ सय ६८ कित्ता शेयर निष्काशन गरिएको छ । विदेशमा रहेका नेपाली श्रमिकलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.५८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशन गरिएको छ । यस समुहले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० लाख ७६ हजार २ सय ६८ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले साउन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले प्रिमियम मूल्यमा १ करोड २३ लाख २ सय कितात शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले स्थानीय र कर्मचारीलाई प्रति कित्ता २२५ रुपैयाँमा र सर्वसाधारणलाई प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

वि.सं.२०८० भदौ ११ सोमवार १०:४९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...