मोहन गौतम, राङ्का, सिक्किम
अल्छी मात्र गर्ने लुटेराहरू छन्
जसले गर्छ जाँगर खजानाहरू छन्
आफैँ मात्र बढ्ता कुरा गर्छ मान्छे
सब बर्बाद गर्ने लफङ्गाहरू छन्
मेरै भाग्य सायद फुटेको छ होला
खाली हात पर्ने निराशाहरू छन्
साथी लक्ष्य पुग्दा पछाडिन्छ लाटो
हेप्छन् धेर जो आज सोझाहरू छन्
राम्रो काम गर्दा हुँदै हुन्न ठेल्ने
खुट्टा तान्न तम्सिन्छ बाधाहरू छन्
बहर : ए घनु
अर्कानः २२२१– २२– १२२ – १२२
मफ्ऊलातु, फैलुन्, फऊलुन्, फऊलुन्
काफिया बन्धन : आ / रदिफ : हरू छन्
वि.सं.२०८० भदौ १६ शनिवार ०८:३७ मा प्रकाशित






























