शान्तिराम भट्टराई
तेह्रथुम, हाल- काठमाडौ
यही माटोमा डाफे अनि यही माटोमा मजुर
यही माटोमा लालीगुराँस मुनाल पनि हजुर
सूर्य चन्द्र झण्डामुनी प्यारो मेरो नेपाल
मस्जिद र गुम्बा अनि मन्दिरमाथि गजुर
उत्तरतिर उभिएको सान हाम्रो हिमाल
पहाडको मैना चरी मधेश हाम्रो नेपाल
संस्कृति र पर्व अनेक समृद्ध यो भूमि
विविध भाषा धर्म मान्ने प्यारो हाम्रो नेपाल
फोन नं–९८५२०५१३००
वि.सं.२०८० भदौ १६ शनिवार ०८:४८ मा प्रकाशित






























