भुपाल अधिकारी, विराटनगर
प्रेमको एक सुरा आज पिलाई जाऊ
आउ बेहद पिउँदै फेरि मताई जाऊ
मस्त मद होस बने लाग्छ सराबी जस्तो
एकछिन साथ दिँदै दिल यो लुटाई जाऊ
लाग्छ हर रुप परी हौ कि तिमी सोच्दैथे
बढ्छ सौन्दर्य भिजेको केश फुकाई जाऊ
जल्न तैयार छ सब अंग त प्यारी मेरा
यस बदन भित्र कयौ अग्नि लगाई जाऊ
दिल दिए लाग्छ गरेकै छु समर्पण मैले
झट्ट आएर तिमी मुटु नचबाई जाऊ
बहर : रमल मुसम्मन मख्बून अबतर
अर्कान : २१२२–११२२ – ११२२ – २२
वि.सं.२०८० भदौ २३ शनिवार ०७:४० मा प्रकाशित






























