back
CTIZAN AD

साझा सदभाव समूह थेगु क्षेत्र गठन

वि.सं.२०७४ वैशाख ११ सोमवार

651 

shares

thegu-korea-party

पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन साझा सदभाव समूह दक्षिण कोरिया थेगु क्षेत्र भगवाण शाहीको संयोजकत्वमा गठन भएको छ । हाल १५ सदस्यीय उक्त समूह क्रमशः सदस्य सङ्ख्या थपिदै लगिने छ ।

नेपालको दुषित राजनिति सफा गरेर समृद्धितिर अगाडी बढ्नको लागि पद्धति, पारदर्शिता, इमान्दारीता र उत्कृष्टताको चार खम्बा अत्यन्तै अहिलेको आवश्यक्ता रहेकोले यसले अबको राजनितिक निकास र आर्थिक विकासमा ठूलो परिवर्तन ल्याउने दृढविश्वासका साथ आफुहरुले समर्थन गरेको सहभागीहरुले बताएका थिए ।

यसअघि कोरियामा सोल, ख्यङ्गी दो, फारान, ग्वाङ्जु, उल्सानलगायत नौ वटा क्षेत्रगत समूह निर्माण भएर प्रथम केन्द्र वैठकसमेत सोलमा बसिसकेको कोरिया केन्द्र सदस्य तथा अनुशासन विभाग प्रमूख वैरागी माइलाले बत्ताए ।

साझा पार्टीको पद्धति, पारदर्शीता, इमान्दारीता र उत्कृष्टता चार खम्बालाई चार ल्यापटप कोरियाबाट प्रदान गरिने कुरा कोरिया केन्द्र सदस्य तथा आर्थिक विभाग प्रमूख मान बहादुर विष्टले बत्ताए । उनले भने, ‘ख्यङ्गी दो समूहबाट दुई वटा ल्यापटप केन्द्र कार्यलय नेपालमा पठाई सकिएको छ । अब, दुई वटा छिट्टै पठाइने छ । सबै क्षेत्रका सदस्यहरु स्वेच्छिक सहयोग गर्न उत्साहपूर्वक लाग्नु भएको छ ।’

साझा पार्टीको चार खम्बाले विशिष्ट महत्व बोकेकोले देशको राजनितिक निकास र आर्थिक विकासमा तदारुकताका साथ लाग्न थप हौसला मिलोस भन्ने सन्देश दिन चार खम्बालाई चार ल्यापटप प्रदान गर्ने निष्कर्षमा कोरिया केन्द्र पुगेको केन्द्र समन्वय संयोजक मिलनकान्छा किरातीले बत्ताए । उनले भने, ‘हामी नेता हुनेभन्दा पनि उद्यमी बन्न साझा पार्टीमा आवद्ध भएका छौँ । हामी छिट्टै कोरियाको ४० हजार श्रमजीवी नेपालीलाई स्वदेशमै आत्मनिर्भर उद्यमी बन्न उत्प्रेरित गर्ने इन्नोभेसन तयार गरेर सबैलाई समेट्ने छौँ । यदि नेतृत्वले सहयोग गर्ने हो भने नेपालमा कोरियाबाट मात्रै एकैचोटीमा ४० हजार साना, मझौला उद्योग खुल्नेछन । चार लाखभन्दा बढीले रोजगार पाउनेछन ।’

वि.सं.२०७४ वैशाख ११ सोमवार १४:५९ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...