बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा
मन मुटु पोल्छ प्यारी !! तिम्रो दुःख देख्दा
यो ज्यान पनि ढल्नलाग्यो आँधी हुरी छेक्दा ।
आफ्ना मान्छे साथीभाइ खिसिट्युरी गर्छन्
संसारभरका दुःखकष्ट हामीतिरै सर्छन्
आँसु थोपा हृदयको एउटै कथा लेख्छ
सुख खुशी आउने बाटो केले छेक्छछेक्छ ।
परिश्रमको मीठो रोटी मिलिजुली खान्छौँ
शरीर फरक भएपनि आत्मा एउटै मान्छौँ
पीरतिको छहारीले न्यानो ओत दिन्छ
गरिबीको कठोर सैतान हाम्रो खुशी छिन्छ ।
मन मुटु पोल्छ प्यारी !! तिम्रो दुःख देख्दा
यो ज्यान पनि ढल्नलाग्यो आँधी हुरी छेक्दा।
वि.सं.२०८० कात्तिक १८ शनिवार ०९:०८ मा प्रकाशित






























