back
CTIZAN AD

सुसेली : पर्व

वि.सं.२०८० कात्तिक १८ शनिवार

1.5K 

shares

डिल्लीप्रसाद मूलतिहुन, भक्तपुर


पर्वको रङ्ग
हँसिलो मुहार र
हर्ष उमङ्ग


पवित्र कर्म
रितिथिती सस्कृती
दया र धर्म


स्वादिलो खाना
गच्छे अनुसारको
पाक्छ चुलामा


ढाकेर अङ्ग
सफा नयाँ नानाले
जोसुकै दङ्ग


बसेका पर
आफन्त सम्झिएर
फर्किन्छन् घर


पर्वको मर्म
अनुसार गरिन्छ
धर्म र कर्म


यो बेला हर्ष
बाल वृद्ध युवामा
पर्वले भर्छ


स्वच्छ भावना
साटासाट गरिन्छ
शुभकामना


स्वदेशी पन
समातेर हाँसेको
जन जीवन

१०
जेष्ठको मान
गर्दै नयाँ पुस्तामा
सर्दछ ज्ञान

वि.सं.२०८० कात्तिक १८ शनिवार ०९:०९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...