गणेश लोहनी,चितवन, हाल-काठमाडौँ
१
ठान्छु तिमी छौ माझ भिरमा
कहाँ लगेर राखौं, खै केले कसरी ढाकौं
लाग्छ उनिने हौ कि झीरमा
२
शिखरबाट खसेका छौ तिमी
होस राख पड्किएला, संतुलन रड्किएला
बारुद माथि बसेका छौ तिमी
३
पानिका लौराहरूको भर पर्नु हुँदैन
आफ्नैबाट पाइन्छ साथ पनि, आफ्नैले गर्नसक्छन् घात पनि
आँखा चिम्लि अति विश्वास गर्नु हुँदैन
४
माकुराले माउ खान्छ बुझेकै छौ
आफ्नैको घातबाट बच्नु, सत्ताको मातबाट बच्नु
घाम पानीमा सेकिए रुझेकै छौ
५
मेरा यी भनाईलाई अन्यथा नलिनु है
नियाल्दा जे देखेँ मैले, सुझावस्वरुप लेखेँ मैले
मन नपरे पनि म माथि नखनिनु है
वि.सं.२०८० कात्तिक १८ शनिवार ०९:१० मा प्रकाशित






























