back

कविता : कोलम्बसको सालिक

वि.सं.२०८० कात्तिक २८ मंगलवार

792 

shares

डा. सृजना शर्मा,गुवाहाटी

जब जब आफ्नो सीमा नाघेर फैलन्छ बर्बरता
फैलिए सरि विष कालकुट
समुन्द्रको गर्भबाट निसृत भएर ।
मन्थन ज्ञान–सागरका गर्दै जाँदा नवीन पथमा
कामधेनु, लक्ष्मी, अमृत मात्रै कहाँ उपस्थित हुन्छन्
बरु
कहिलेकाहीँ कालकुट पनि फैलिन्छ
आफ्नो विषाक्त आयतनमा
किनभने
सत्य, शिव र सुन्दरकै छत्रछायामा
विष, मृत्यु र त्रासले लिने गरेका छन् शरण ।
भोला भण्डारी सदा शिव त बस् छन्
करुणासागर ।
यसैले
पिइदिन्छन् कालकुट, आफ्नै गला निलाम्य तुल्याउँदै ।
संहारकर्ता शिव पनि सृष्टि संरक्षणका निम्ति
बिर्सिदिन्छन् एकैछिन संहार गर्न तमको ।
बरु सृजनमा लागेर उनी संहार गरिदिन्छन्
तम, भय तथा मृत्युको ।
तर कोलम्बस बनेर तिमीले
अमेरिकाको नवीन भूमी खोज्न निस्कँदै गर्दा
आफ्ना अनागत पिँढीलाई
अनिश्चय र दिशाहीन भविष्य पनि त दिइरहेकै छौ ।
अर्काको सम्पत्तिको लोभमा
बिर्सिरहेका छौ आफ्नै करेसाबारी स्याहार्न ।
आफ्ना श्रम, पसिना, सौर्य र साहसले
वर्तमानमा जति नै इतिहास सिर्ज तिमी
तर आफ्नै करेसाबारी नासेर
खाडी, कोरिया र अमेरिकाको सपना बोकेर
एकमुठ्ठी आँसु, प्रेयसीको प्रत्येक रातका निद्रा

अनिश्चित भविष्यको दुष्चिन्तालाई उपेक्षा गरेर
कोलम्बस बनेका तिमी ।
तिम्रो आयतनमा अनागत संतति अटाउने छैनन् है ।
यसर्थ अब बाह्य अमेरिकाको सन्धानभन्दा
आफ्नै करेसाबारी र घुर्यानको
साँध–सीमा बलियो पार तिमी ।
नत्र
क्यारेबियानेलीको वर्तमान जस्तै लम्पस्रनेछ
आफ्नै आँगन भएर परदेश ।
गई कटक नगर्नू, झिकी कटक गर्नु–चेत दिने
दुरदर्शी गोर्खालीका सन्तति हौ तिमी
तर झिकीकटक गर्नअघि
बलियो पार आफ्नै किल्ला, काङ्गडा र
नालापानी, लिपुलेक ।
नहोस् अर्को नरसंहार ।
बाहुबलको होइन अब
गोर्खालीलाई खाँचो छ बुद्धिबल
खुकुरी होइन, टल्काउनु छ
कलम आफ्ना छात्तिमा
भो भयो धेरै टल्कायौ तिमीले तक्मा र
भिसी एमएम अर्काको ।
“युद्ध र योद्धा” को रुवाइ पनि अ
ब हामीलाई काम लाग्दैन ।
किनभने हामी “वीर छौँ र नै बुद्धू भयौँ”
बुद्धू छौँ र नै वीर भयौँ” ।
तर अब मोर्चा सम्हाल्नु छ
आफ्नै छिँडी र पिँढीको पहिला ।
“लड वीरबहादुर तिमी लड” भन्द
ै विकासका स्वर उराल्नु नै छ ।
तर अब वीरबहादुरको होइन
बुद्धि बहादुरको हामीलाई खाँचो छ ।
चाहिएन कोलम्बस भएर नाप्न समुन्द्र
आफ्नेै आकाश र भूमी पर्याप्त छ ।
आफ्नै आत्मा र मन पर्याप्त छ ।
‘.लड बुद्धिबहादुर तिमी लड‘.!!

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:५७ मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...