back
CTIZAN AD

सपथ दिलाउने काम नगर्न/नगराउन एनआरएनएको आग्रह

वि.सं.२०८० कात्तिक २८ मंगलवार

1.4K 

shares

काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष आरके शर्मा तथा महासचिव बुद्धि सागर सुवेदीले पूर्व अध्यक्ष बद्री केसी पक्षले संघका नव निर्वाचित आइसीसी सदस्यहरुलाई अनलाइनबाट सपथ दिलाउने काम संघको विधान प्रतिकूल हुने भन्दै त्यस्तो काम नगर्न नगराउन आग्रह गरेका छन्।

सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष शर्मा तथा महासचिव सुवेदीले गैर आवासीय नेपाली संघ ९एनआरएनए० को ११औं महाधिवेशनका क्रममा निर्वाचन प्रक्रिया त्रुटीपूर्ण रहेको पूर्व अध्यक्ष बद्री केसी लगायतले स्वीकारेको र परराष्ट्र मन्त्रालय पनि यसबारे अवगत रहेको बताएका छन्। उक्त तथ्यलाई नदेखेझैं गरी सपथ गराउन लागिएको भन्ने विवरणहरु प्रति आफ्नो ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन्।

“गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७.५.७ मा ‘हरेक राष्ट्रिय समन्वय परिषदबाट नव निर्वाचित आइसीसी सदस्यहरुको सपथ ग्रहण नेपालमा अन्तरराष्ट्रिय समन्वय परिषदका नव निर्वाचित पदाधिकारीहरु संगै हुनेछू भन्ने उल्लेख छ। त्यस्तै सोही विधानको दफा २१.७ मा ‘अन्तरराष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया शुरु भए पछि अन्तरराष्ट्रिय समन्वय परिषदले निर्वाचनमा प्रभाव पार्ने गरी कुनै नियमावलीहरु परिवर्तन वा परिमार्जन गर्न पाइने छैन’ भन्ने उल्लेख छ। यसरी संघको विधानको उल्लङ्घन गरी गराउने भनिएको कथित सपथ अवैध हुने स्वत: स्पष्ट छ। त्यसैले कुनै पनि भ्रममा नपर्न र कथित सपथ दिलाउने काम नगर्न, नगराउन पनि हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ :

सबै साथीहरुमा तिहार (दीपावली), म्ह पुजा, नेपाल सम्वत् तथा छठको अवसरमा मंगलमय शुभकामना। गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका क्रममा निर्वाचन प्रक्रिया त्रुटीपूर्ण रहेको पूर्व अध्यक्ष बद्री केसी लगायतले पनि स्वीकारेको र परराष्ट्र मन्त्रालय पनि  यसबारे अवगत रहेको स्पष्ट छ। उक्त तथ्यलाई नदेखे झैं गरी सपथ गराउन लागिएको भन्ने विवरणहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ।

गैरआवासीय नेपाली संघको विधान २००३-२०२२ को संशोधन सहित) को दफा १७.५.७ मा “हरेक राष्ट्रिय समन्वय परिषदबाट नव निर्वाचित आइसीसी सदस्यहरुको सपथ ग्रहण नेपालमा अन्तरराष्ट्रिय समन्वय परिषदका नव निर्वाचित पदाधिकारीहरु संगै हुनेछ” भन्ने उल्लेख छ। त्यस्तै  सोही विधानको दफा २१.७ मा “अन्तरराष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया शुरु भए पछि अन्तरराष्ट्रिय समन्वय परिषदले निर्वाचनमा प्रभाव पार्ने गरी कुनै नियमावलीहरु परिवर्तन वा परिमार्जन गर्न पाइने छैन” भन्ने उल्लेख छ।  यसरी संघको विधानको उल्लङ्घन गरी गराउने भनिएको कथित सपथ अवैध हुने स्वत: स्पष्ट छ।

त्यसैले कुनै पनि भ्रममा नपर्न र कथित सपथ दिलाउने काम नगर्न, नगराउन पनि हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौं। साथै, संसारभरि रहनु भएका सबै गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई संघलाई सबैको साझा र पारदर्शी बनाउन तथा अखण्ड एनआरएनएको पक्षमा उभिदिनु हुन अपिल गर्दछौं।

आर के शर्मा                                                         बुद्धि सागर सुवेदी

अध्यक्ष                                                                      महासचिव

एनआरएनए आइसीसी (२०२३-२५)

मिति: १३ नोभेम्वर २०२३

वि.सं.२०८० कात्तिक २८ मंगलवार १७:०५ मा प्रकाशित

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...