back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० कात्तिक २८ मंगलवार

2K 

shares

 

राजेश क्षेत्री निर्दोष
दार्चुला, सुदूरपश्चिम प्रदेश


सफरमा छु निकै कहाँसम्म पुग्छु
टुङ्गो लागेको छैन खै कहाँसम्म पुग्छु
न गन्तव्य छ न कुनै सपना छ मेरो
भौतारिंदै भौतारिंदै कहाँसम्म पुग्छु


दुनियाँलाई सम्झिनु भन्दा एकपल अगाडी
सबै कुरा ठिकठिकै लाग्थ्यो छलफल अगाडी
बुद्धि विवेक र क्षमताको खुब आलोचना गर्छौ
घमण्डले मात चढेकाहरूको बल अगाडी


धनसम्पत्ति महल तिम्रै नाममा हुनेछ
कथा तिम्रै गजल तिम्रै नाममा हुनेछ
निर्दोषले पाएका हरेक खुसीहरू त्यागेर
भएपनि पागल तिम्रै नाममा हुनेछ


घमण्ड र अहम देखाई खुसी कहाँबाट आउँछ
आपसमै लड्छन् दाजुभाई खुसी कहाँबाट आउँछ
मान्छे हाँस्दै जन्मेको भए सायद खुसी हुनेथियो
रुँदै जन्मेको मान्छेलाई खुसी कहाँबाट आउँछ


दिएर प्रियालाई जीवन आफ्नो बनाउन
छुटेकाहरूलाई झन आफ्नो बनाउन
सम्पत्तिको पहुँच बढी भएको समाजमा
पैसा हुनुपर्छ आफन्तजन आफ्नो बनाउन

वि.सं.२०८० कात्तिक २८ मंगलवार १७:०० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...