back
CTIZAN AD

सुसेली

वि.सं.२०८० मंसिर ३० शनिवार

2.1K 

shares

विमल अर्याल, जोरपाटी, काठमाडौं


पानी पधेरो
बाँकी दिन उज्यालो
औँसी अँध्यारो ।


रात सम्झेर
दुःखसास्ती जाँदैन
कर्म भनेर ।


दियो कलश
पूजा गरौँ गणेश
हुन्छ मंगल ।


छर्की गहुँत
कोठा चोटा पवित्र
हिन्दु संस्कार ।


चाड तिहार
सप्तरङ्गी टिकामा
खुल्छ निधार ।


मायाको मोह
सानोतिनो बिरोध
हाँसेर रोक ।


तरल मन
बगी जाँदारोकिन्न
नबाँधी बाँध ।


बाँच्ने बहाना
समुन्नत चाहना
उच्च चेतना ।


रसिलो फूल
भमराको छ धुन
माहुरी हुल ।

१०
सधै चल्दैन
ढाकछोप टिक्दैन
सत्य डग्दैन ।

 

वि.सं.२०८० मंसिर ३० शनिवार ०८:२७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...