back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० मंसिर ३० शनिवार

1.9K 

shares

भूपाल अधिकारी, बिराटनगर

१.
बिहान फुल्ने साँझ ओइली झर्ने फूल भयो जिन्दगी
वल्लो घाट न पल्लो तिर झैँ ढुलमुल भयो जिन्दगी
किन जहिले पनि अरु कै इशारामा यसरी चल्नुपर्ने
कहिले झ्याल कहिले ढोकाको चुकुल भयो जिन्दगी

२.
जस्तो रोप्नु हुन्छ त्यस्तै नै उपज हुन्छ बुझ्नुस्
सत्य अँगाल्नुस् अनि जीवन सहज हुन्छ बुझ्नुस्
सदा के ठीक के बेठीक भनेर अल्मलिनेहरू हो
प्रेम र युद्धमा सबैथोक जायज हुन्छ बुझ्नुस्

३.
पैसाले मात्र चल्ने अदालत नहोस् भन्छन् गरीबहरु
जिन्दगी सामन्ती कै अमानत नहोस् भन्छन् गरीबहरु
सधैं भोक रोग र चोटले थिलथिलो भएर बाँच्नु कति
अझैं जिउँदै हाम्रो सनाखत नहोस् भन्छन् गरीबहरु

४.
अहंकारको प्रर्दशन गर्ने ब्रजस्वाँठलाई जांबाज भन्नु पर्ने भो
लक्ष्य नभएका नेतालाई पाइलट बिहिन जहाज भन्नु पर्ने भो
को छन् र यहाँ आफूलाई सानो हुँ भन्नेहरु देखेका छौं अहिले
कस्तो समय कुखुरा चोरलाई पनि अचेल महाराज भन्नु पर्ने भो

५.
युद्ध पनि कसैका लागि यौटा हज हुन्छ बुझ्नुस्
घाट जाने बेलामा चिता नि सजधज हुन्छ बुझ्नुस्
कुन धर्म र के का लागि यो खुनको होली खेल्छौं
मरेपछि मिल्ने जमीन सिर्फ दुई गज हुन्छ बुझ्नुस्

वि.सं.२०८० मंसिर ३० शनिवार ०८:२७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...