back
CTIZAN AD

गजल

वि.सं.२०८० मंसिर ३० शनिवार

1.9K 

shares

विद्या अनामिका तिवारी, भक्तपुर

कतैबाट फेरौँ कि यो जिन्दगी म
फुटाएर हेरौं कि यो जिन्दगी म

विधाता तिमीले बनायौ कहानी
न हेरेर केरौँ कि यो जिन्दगी म

सधैँ नै सतायो रुवायो सधैं नै
सही चोट सेरौँ कि यो जिन्दगी म

म पानी बिनाको छु माछा भएको
खनी ताल घेरौँ कि यो जिन्दगी म

कतै भासिएको कतै चिप्लिदैछ
बुनी जाल बेरौँ कि यो जिन्दगी म

बहर मुतकरिब मुसम्मन सालिम
अर्कान १२२ १२२ १२२ १२२

वि.सं.२०८० मंसिर ३० शनिवार ०८:२५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...