राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
उ आगो बनेको, हुनाले खतम भो
र माया गरेको, हुनाले खतम भो
उ मान्छे हिजो सम्म साह्रै मिजासी
घमन्डै बढेको हुनाले खतम भो
म रोगी हजुरको, दबाई हजुर नै
भनेरै बसेको हुनाले खतम भो
उज्यालो दिने काम गर्दा म गर्दै
दियो भै बलेको हुनाले खतम भो
बनायो खडेरी, यता राम दाइ
मनै पो टुटेको हुनाले खतम भो
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ १२२ १२२ १२२
वि.सं.२०८० पुस ७ शनिवार ०८:३५ मा प्रकाशित






























