back
CTIZAN AD

कविता : समभाव रहोस् ।

वि.सं.२०८० पुस ७ शनिवार

1.3K 

shares

उत्तम विचार, टोखा, काठमाडौं

मदमत्त नहून् दुनियाँ मदले
नर हुन्न बडो कहिल्यै कदले ।
अति गर्नु हुँदैन हुनेछ खति
तर पुग्छ कहाँ मन भन्छ जति ।।१।

पछि पर्न पुगे पथभ्रष्टहरू
गुण हर्न पुगे मतिभ्रष्टहरू ।
बन पाठक पढ्नुछ पुस्तक
नपढी किन बढ्दछ मस्तक ।।२।

नहिँडी कसरी गति पक्रनु त्यो
नफुली कसरी कलि फक्रनु त्यो ।
सुरमा अघि बढ्न सकौँ लयमा
किन जीवन बित्दछ यो भयमा ।।३।

कति गर्न सक्यौँ सकिएन कति
जति गर्न सक्यौँ बुझियोस् प्रगति ।
नबुझेर बुझी सति जानु किन
अघि बढ्न दियौँ पछि तानूँ किन ।।४।

रिसराग नहोस् किन डाह गरूँ
अघि होस् दुनियाँ म पछाडि सरूँ ।
समभाव रहोस् र अभाव नहोस्
मनशान्ति मिलोस् र दवाव नहोस् ।।५।

छन्द : तोटक
गण : IIS IIS IIS IIS

वि.सं.२०८० पुस ७ शनिवार ०८:३६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...