श्याम माकजू , भक्तपुर
गर्दथे जो मिठो चाहनाका कुरा
बाध्य छन् सुन्न ती यातनाका कुरा
दुःख पोख्दै म उसको अगाडि बढेँ
हात थाप्दै गरेँ याचनाका कुरा
हामफाल्नेहरू मूर्ख भन्थे सबै
आज गर्दै हिँडे कामनाका कुरा
खोइरो खन्न उद्धत थियो दुष्ट जो
आज गर्दै छ ऊ भावनाका कुरा
जिन्दगी मक्कियो भन्नु बेकार छ
वृद्ध मन गर्छ झन् साधनाका कुरा
बहर : मुतदारिक मुसम्मन सालिम
अर्कान : २१२ २१२ २१२ २१२
वि.सं.२०८० पुस ७ शनिवार ०८:३७ मा प्रकाशित






























