दीपक ठटाल ‘जलन’,खरसाङ, भारत
१.
लक्ष्मी प्रसाद देवकोटाले बहाइदिए काव्यको धारा
नेपाली मात्रमा चेतना जगाउने लागेको अभिभारा ।
२.
लेखनाथको कवितामा आध्यात्मिकता पाउँछौं
जसको साहित्यिक महिमा हामी सबै गाउँछौं।
३.
बालकृष्ण सम थिए राणा खलकका कवि
साहित्य लेखेरै सुधारे उनले आफ्नो छवि ।
४.
रिमालले कविता र नाटकबाट क्रान्ति ल्याए
धन्य हुन् नेपाली जसले उनको कुरा पत्याए।
५.
भूपि शेरचनमा थियो कविताको प्रखर सीप
जलाइदिए आधुनिक कविताको उज्यालो दीप ।
६.
पाइन्छ अगमसिंह गिरीको कवितामा जातीय भाव
तैपनि अहिलेको गोर्खा जाति भएका छन् आव न ताव।
७.
आयामेली कविता लेखे वैरागी काइँलाले
बुझ्न सकेन ती कविता हजूर साइँलाले।
वि.सं.२०८० पुस ७ शनिवार ०८:३८ मा प्रकाशित






























