back
CTIZAN AD

लघुकथा : व्रत

वि.सं.२०८० पुस ७ शनिवार

1.6K 

shares

वसन्त अनुभव, घोराही, दाङ

तिजको माहोल । गाउँका महिलाहरू चौतारीमा जम्मा भएर रमाउँदै थिए ।

‘ओहो कस्तो भोक लागेको । चक्करै पो लाग्ला जस्तो भो । हैन ए काइली ! तँलाई केही भएको छैन ?’ नाच्दानाच्दै थुचुक्क बस्दै बज्यैले भनिन् ।

‘के हुनु र बज्यै ? केही भएको छैन ।’ काइलीले स्वाभाविक रूपमा भनी ।

‘झन् यस्तै होला, भोक लाग्ला भनेर हिजो राति थपी थपी टन्न दर खाएको; केही नापेन । तैँले त दर पनि खाइनँ भन्थिस् । हैन कसरी खटाउछेस् ए ! भोक तैँले ?’ अचम्म मान्दै बज्यैले भनिन् ।

‘बानी प¥यो, बज्यै ! बानी प¥यो । एकदिन भए पो !’ काइलीले मलिन अनुहार पार्दै भनी ।

‘हैन ! के भन्छे यो ? के तँ दिनदिनै व्रत बस्छेस् र ?’ बज्यैले अनौठो मान्दै भनिन् ।

‘त्यही त भनौँ बज्यै । तपाईं पो हुनेखाने, धनी मान्छे । बेला मौकामा, चाडपर्वमा व्रत बस्नुहुन्छ । हामी त हुँदाखाने । चाहेर नचाहेर पनि धेरैजसो व्रतै बस्नुपर्ने हुन्छ ।’ दुखित हुँदै काइलीले भनी ।

वि.सं.२०८० पुस ७ शनिवार ०८:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...