अलख निरन्जन लोहार,टीकापुर, कैलाली
हाल : भारत
म भन्दै न भन्ने कुरा भन्न सक्छु
कसैको छ बोली छुरा भन्न सक्छु
अनायास मेरो बढेको छ धडकन
यो दिलमा बजेको चुरा भन्न सक्छु
म माछा नदीको तिमी तालका हौ
त्यो मुखमै तिमी हौ भुरा भन्न सक्छु
पठायौ सिमामा हिया गाँठ पारी
तिमी वीर आमा सुरा भन्न सक्छु
न लागोस् नजर त्यो खुशीमा कहिल्यै
अलख नै छ तिम्रो पुरा भन्न सक्छु
बहर :मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ १२२ १२२ १२२
वि.सं.२०८० पुस १४ शनिवार ०८:२० मा प्रकाशित






























