back
CTIZAN AD

बाल कविता : कर्णधार तिमी

वि.सं.२०८० पुस १४ शनिवार

4.3K 

shares

महेश राज खरेल, काठमाडौं

म हिड्ने बाटो भरिका
लहलहाउँदा उम्रँदै गरेका
लोभलाग्दा मकैका
साना टूसा हौ तिमी
कतै नहेरी कतै नअलमलिई
अकासिएर आकाशतिर
बडिरहेका मेरा हृदयका
आभास हौ तिमी

हेर्ने गर्छु म
सरदका बगैचाहरुमा
लोभलाग्दो फूलको बोटबाट
जन्मीई रहेको सानो कोपिलालाई
अनि कल्पन्छु प्रसव वेदनाले
छटपटाई रहेकी सृजनाकी जननीलाई
तिमी पल्लवित भएर फक्रन्छौ
जीवनको नविनता प्राप्त शिशु झै

लाग्छ मलाई
तीनै जननीका आशाको रत्न हौ तिमी
हाम्रो बगैचाका अमूल्य पुष्प हौ तिमी

हिडेर म यात्रा आफ्नो जिन्दगीको
चिसो हेमन्त
र उजाड शिशिर नाघ्दै गर्दा
वसन्तको नव पाउला बनी
पाउली दिन्छौ आँखै अगाडि तिमी
गर्भिलो आस्था र चेतनाले
उभिई रहन्छु म
तिमीप्रति दर्बिलो स्पातिलो आस्तिक बनी
भेट्ने आकाँक्षासाथ तिमीलाई
निष्ठाका बारीहरुमा
सन्देशको प्रवाह छर्दै
देख्छु सदा म
उचाई बढाउँदै माथि माथि बड्दैछौ तिमी
जीवनका पारिला घामका खोजी गर्न
राष्ट्रको समुल मुहार फेर्न
आजका कलिला न्याना सूर्य जस्ता
हरेकका मनभित्र रहर बनेर उभिएका
भोलीका देशका सामर्थ्यवान
कर्णधार तिमी
हो ! आजका फूलका कोपिला तिमी
भोलीका देशका कर्णधार हौ तिमी
भोलीका देशका कर्णधार हौ तिमी ।

वि.सं.२०८० पुस १४ शनिवार ०८:१९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...