वीणा रोका, घोराही, दाङ
सबै फोहोर फाल्ने यो गदरमा हुन्छु
म दैनिक पापी मान्छेको नजरमा हुन्छु
यहाँ खै न्याय माग्दा हुन्छु दोषी आफै
दुखी आत्मा रुँदा हाँस्ने सहरमा हुन्छु
कसैले दुःख बुझ्दैनन् यहाँ छन् स्वार्थी
छ पीडा अनेकौँ लुक्ने म घरमा हुन्छु
समयले नै सिकाएकोले हुन परिमार्जित
नयाँ सपना म देख्छु जब सफरमा हुन्छु
असल होस् कर्म सेवामा रमाई बाँचूँ
म जहिल्यै सत्यता खोज्ने डगरमा हुन्छु
बहर : हजज मुसम्मन अवतर
अर्कान : १२२२ १२२२ १२२२ २
काफिया बन्धन : अरमा
रदिफ : हुन्छु
वि.सं.२०८० पुस २१ शनिवार ०७:३७ मा प्रकाशित






























