back
CTIZAN AD

लघुकथाः भाकल

वि.सं.२०८० पुस २१ शनिवार

2.4K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

ऊ बाँच्ने आश कसैमा पनि थिएन । अथक प्रयास र सघन उपचार पश्चात उसमा सुधार आयो । बा आमाको एक्लो सन्तानले नव जीवन पाएकोमा दुबै दम्पती हर्ष विभोर थिए । डाक्टरको नाताले एउटा ठुलो चुनौती पार गर्दा मेरो र मेरो सहायकहरूको मुहारमा पनि सन्तुष्टीको भाव थियो । आज अस्पतालबाट बिदा हुँदै थियो ।

बिदाको समय उसको बा कालो बोका घिच्याउँदै आइपुगे । हामी सबै आश्चर्यमा थियौं । हामीले प्रश्न गर्नु अगावै, भिजेका परेली हातले पुछ्दै उनले भने –‘डाक्टर साप ! मैले मेरो छोरोको निको भएमा भगवान्लाई कालो बोका चढाउँछु भनि भाकल गरेको थिएँ । मेरो लागि हजुर नै भगवान् हो । नाइँ न भन्नुस् है ।”

 

वि.सं.२०८० पुस २१ शनिवार ०७:३६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...