मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
ऊ बाँच्ने आश कसैमा पनि थिएन । अथक प्रयास र सघन उपचार पश्चात उसमा सुधार आयो । बा आमाको एक्लो सन्तानले नव जीवन पाएकोमा दुबै दम्पती हर्ष विभोर थिए । डाक्टरको नाताले एउटा ठुलो चुनौती पार गर्दा मेरो र मेरो सहायकहरूको मुहारमा पनि सन्तुष्टीको भाव थियो । आज अस्पतालबाट बिदा हुँदै थियो ।
बिदाको समय उसको बा कालो बोका घिच्याउँदै आइपुगे । हामी सबै आश्चर्यमा थियौं । हामीले प्रश्न गर्नु अगावै, भिजेका परेली हातले पुछ्दै उनले भने –‘डाक्टर साप ! मैले मेरो छोरोको निको भएमा भगवान्लाई कालो बोका चढाउँछु भनि भाकल गरेको थिएँ । मेरो लागि हजुर नै भगवान् हो । नाइँ न भन्नुस् है ।”
वि.सं.२०८० पुस २१ शनिवार ०७:३६ मा प्रकाशित






























