back
CTIZAN AD

कविता : शरद्

वि.सं.२०८० पुस २१ शनिवार

1.7K 

shares

दीनानाथ पोख्रेल,इलाम

घरघर मृदु खुल्छन् गीतका दिव्य ताल ।
सब अवगुण भाग्छन् चेत टोक्ने बिहाल ।।
नव सुरलय टिप्दै डुल्छ शोभा जगत्को ।
झिलिकमिलिक राम्रो खुल्छ शोभा शरद्को ।।०१।।

खुस दिल अझ कौवा डुल्छ पाएर खान ।
कुकुर पनि रमाई नाच्छ पाएर मान ।।
मन बह जन भुल्छन् भाग्छ पीडा विपत्को ।
झिलिकमिलिक राम्रो खुल्छ शोभा शरद्को ।।०२।।

मनुजमन फुकाई मेलमा शान्ति लिन्छन् ।
अकलुष मन बन्दा सौख्यको सार चिन्छन् ।।
भवभर हित डुल्दा छैन पीडा असत्को ।
झिलिकमिलिक राम्रो खुल्छ शोभा शरद्को ।।०३।।

प्रकृतिसित मितेरी लाउँछन् व्यक्ति खास ।
हितसित मन खुल्दा हुन्न मान्छे निराश ।।
सुरपुरसरि खुल्ने भव्य आभा जगत्को ।
झिलिकमिलिक राम्रो खुल्छ शोभा शरद्को ।।०४।।

निज भवन दिदीले डाक्दछिन् भाइलाई ।
खुद घर बहिनीले डाक्दछिन् दाइलाई ।।
हृदय जलन झर्को कर्म भाग्यो असत्को ।
झिलिकमिलिक राम्रो खुल्छ शोभा शरद्को ।।०५।।

अविरल मृदु बास्ना फूल बाँड्छन् फुलेर ।
मनुजमन रमाई हर्ष साट्छन् डुलेर ।।
भुवनभर डुलेको राज देखिन्छ सत्को ।
झिलिकमिलिक राम्रो खुल्छ शोभा शरद्को ।।०६।।

( समस्या : झिलिकमिलिक राम्रो खुल्छ शोभा शरद्को ।)

छन्द : मालिनी
विश्राम : आठौँ अक्षर र पादान्तमा
गण : न न म य य
सङ्केत :  III –  III – SSS – ISS – ISS

वि.सं.२०८० पुस २१ शनिवार ०७:३५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...