back
CTIZAN AD

गजल

वि.सं.२०८० पुस २१ शनिवार

1.7K 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी

तिनै फूल मैले बसी आज हेरेँ
भएका पुराना दसी आज हेरेँ

यिनै हून् निशानी तिमीले चुमेका
यिनैका जरामा पसी आज हेरेँ

मिलेथ्यो सहारा सुनौलो गुलाफी
यसैमा जवानी धसी आज हेरेँ

तिमीले रचेका यिनै जाल भित्र
नजानी यिनैमा फसी आज हेरेँ

चलेथ्यो यता के उपद्रे बतास
खसायो यसैले, खसी आज हेरेँ

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ १२२ १२२ १२२

वि.सं.२०८० पुस २१ शनिवार ०७:३४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...