डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौं
१.
गास मागियो
खोजिएन विकल्प
गोली दागियो ।
२.
राज्यशक्तिको
दुरुपयोग नहोस्
देश भक्तिको ।
३.
संकल्प रोज
नीति दीेर्घ सोचको
बिकल्प खोज ।
४.
बिकल्प खोजी
आर्थिक क्रान्ति गरौ
उद्योग खोली ।
५.
होस गर हो
स्रोत राज्य शक्तिको
नागरिक हो ।
६.
भ्रष्ट भगाऔं
सती स्राप उल्टाऔं
न्याय जगाऔं ।
७.
जान्न धोएर
पाप मैला मनको
हुन्न रोएर ।
८.
मनको बाँध
विसाउँदा खोलेर
हलुङ्गो काँध ।
९.
छेकी गुलेली
मानवता बचाऔं
लेखी सुसेली ।
१०.
भार बुझेर
जीवनको रहस्य
सार खुलेर ।
वि.सं.२०८० पुस २१ शनिवार ०७:४० मा प्रकाशित






























