back
CTIZAN AD

कविता : दरबारको बाटो

वि.सं.२०८० पुस २८ शनिवार

1.4K 

shares

भुवन शिवाकोटी चौघरे, काठमाडौं


जमिन र बास नहुनेहरूको कुरा गर्छु
खेती गर्ने माटो
पिउने पानीको कुरा गर्छु
महलमा रमाएकाहरू कसैले सुन्दैनन्


भोक र भोकाएकाहरूको कुरा गर्छु
टन्न अघाएकाहरू
कसैले सुन्दैनन्


शोकको कुरा गर्छु
मृत्युको पीडा नबोकेकाहरू
कसैले सुन्दैनन्


चिसोले कठ्याङ्ग्रिएकाहरूको कुरा गर्छु
न्यानो पाउनेहरूले सुन्दैनन्


अगाडि बाँचेकाहरू छन्
तर
गाँस छैन
बास छैन
लाज ढाक्ने र ओढ्ने कपास छैन
चुलो चिसो छ
घरको छानोबाट जून चुहिन्छ
रोग छ
रोगि छन्
ओखती छैन
जता फर्केर हेरेपनि
अभावै अभाव छ
प्रभावै प्रभाव छ

सुनाउँदा सुनाउदै पनि
कसैले नसुनेपछि सडकले भन्यो
आईज
मेरा नाङ्गा छातीमा
उफ्रि र चिच्या

जब
सडकमा पुगेंर चिच्याएँ
अघाएकाहरूको बारुदले
सडक जल्यो
भोक निभ्यो

कछाड खुस्किएर पनि
लाज ढाकिएको छु सम्झ्नेहरूले
सडकमा जे देखे जति देखें
धुवा देखें
बन्दुक बोलेको सुने
निमुखाको आवाज सुनेन्
र त म उठाउँदैछु
वास्तवमै भोकाएकाहरूलाई
वास्तवमै नाङ्गाहरुलाई
सडक अझै धुवाँ मुनि खाली छ
र त्यही सडक
दरबारसम्म पुग्छ

वि.सं.२०८० पुस २८ शनिवार ०८:१६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...