सुधिर थापा, काठमाडौं
भेट्छौँ हजार साथी यात्रा गरेर आफैँ
छुट्छन् फेरि सबै ती एक्लै परेर आफैँ
संसार देख्छु बेग्लै गाह्रो छ चिन्न कस्तो
हिड्छन् भुलेर लौरी खोली तरेर आफैँ
सम्बन्ध टुट्छ कस्तो आफैँ दुखी हुँदा यो
भेटिन्न हेर आफ्ना टाढा सरेर आफैँ
एक्लै छ जन्महाम्रो एक्लोछ जिन्दगी यो
जानै छ फेरि एक्लै हामी मरेर आफैँ
सौन्दर्य हेर छर्छाैँ ढाकेर फूलबारी
संसार फेरि छोड्दै जान्छौं झरेर आफैँ ।
बहर : मुजारे मुसम्मन अखरब
अर्कान : २२१ २१२२ २२१ २१२२
वि.सं.२०८० पुस २८ शनिवार ०८:१८ मा प्रकाशित






























