back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० पुस २८ शनिवार

1.7K 

shares

प्रजित कुँवर, वालिङ्ग–१४,स्याङ्जा

१.
नसकेर सम्हाल्न मन रूँदै हिँडेको छ
देखाउँदै पागलपन रूँदै हिँडेको छ
मुनाले घर छाडेको खबर पाएपछी
यता परदेशमा मदन रूँदै हिँडेको छ


संसारहेर्ने दुबै आँखा हुन खास किन भन्दैनौ
बनेका छन् जिम्मेवारीको दास किन भन्दैनौ
यत्ती जवाफ देउ न ठुला लेखकहरू मलाई
आमा धर्ती भन्छौ बा आकास किन भन्दैनौ


छाउँदा पनि आँखामा अँधेरी निन्द्रा लाग्दैन
मनमा कुरा खेल्न थाल्छ फेरि निन्द्रा लाग्दैन
कस्तो आदत बस्यो बस्यो आजभोली मेरो
एकपटक तिम्रो तस्बिर नहेरी निन्द्रा लाग्दैन


अभाव आउँछ अनेक खाले गाह्रो पर्छ
गलत बाटोमा कदम चाले गाह्रो पर्छ
सहज हुन्छ बाँच्न आफ्नै हैसियतमा
अरुको देखासीकी गर्न थाले गाह्रो पर्छ

५.
बुढो ज्यानले सुख पाउँछ भन्न सकिँदैन
पाल्छ छोराले कमाउँछ भन्न सकिँदैन
उमेर छँदै कमाएर बचत गर्छु अलिकती
भोली कस्तो दिन आँउछ भन्न सकिँदैन

 

वि.सं.२०८० पुस २८ शनिवार ०८:२१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...