डा. देवी पन्थी,बिराटनगर
प्रकृतिले बनाएको, अनौठ, रित छ
संघर्ष गरे, हारपछि मिठो, जित छ ।
धमिलो पानीमा, जो माछा मार्न, चाहन्छ्न्
ती मान्छे, सङ्लो पानीमा डुब्ने, निश्चित छ ।
शहरमा बाठोले, ठग्छ,‘धोती हुँ’ भन्दै
गाउँको मान्छे, तिनैबाट, उपेक्षित छ ।
हिजो, एउटै धागोमा, उनिएको मान्छे
आज, धर्म अनि भूगोलमा, खण्डित छ ।
उता, मृग भयमा हुन्छ, शिकारी देखी
यता, पिता आफ्नै छोराबाट, त्रसित छ ।
वि.सं.२०८० पुस २८ शनिवार ०८:२१ मा प्रकाशित






























