प्रिन्स–प्रमोद कुमार ढकाल
विराटनगर
भएर पनि नभए जस्तो
सक्किए पनि नसक्किए जस्तो
छ र पनि छैन भन्नु पर्ने जस्तो
छैन भने छ जस्तो
धेरै गा¥हो छ महोदय
यस्तो जीवन बाँच्न ….!
छैन त के छैन !?
छ त के छ !?
यस्तै प्रश्नको उल्झन लिएर
धेरै गा¥हो छ महोदय
यस्तो जीवन बाँच्न ….!
आफूमा
धेरै प्राकृतिक सम्पदा भएजस्तो
सम्पदा भएपनि
उत्खननमा
प्रविधि र प्राविधिकताको
कमी भएजस्तो
धैरै गा¥हो छ महोदय
यस्तो जीवन बाँच्न ….!!
हो महोदय !
भएर पनि रूनु पर्ने
नभए पनि हाँस्नु पर्ने
धेरै गा¥हो छ महोदय
यस्तो जीवन बाँच्न …..!?
ओह महोदय !
यस्तो ढोङ्गी जीवन
बिल्कुल तपाईंको मुहार जस्तो
अगाडि हाँसो
पछाडि रोदन
मुखमा हुन्छ, भइहाल्छनिका
आश्वासनका पोकाहरू …!
पछाडि कहाँ सकिन्छ र
पख्लास् तँलाईको
तिरस्कार र धोकाहरू…!!
आह !
साँच्चै सकिदैन महोदय
यस्तो दोधारे जिन्दगी
सज्जन भएर बाँच्न …!
अब
तपाईं नै भनिदिनुहोस् महोदय
तपाईं जस्तो
हाँसो जीवन बाँच्न
म के तँपाई नै बनौँ
बेइमानी र ठग ….!??
वि.सं.२०८० पुस २८ शनिवार ०८:२८ मा प्रकाशित






























