back
CTIZAN AD

गजल

वि.सं.२०८० पुस २८ शनिवार

1.5K 

shares

पद्मा रिजाल, नेपालगञ्ज, बाँके

मेरो पछाडि ढुङ्गा हान्ने जो छौ लुकेर
आऊ हियार हाम्रा माझौँ सगैँ बसेर

सुन्दर अवश्य बन्लान् पाटा यी जिन्दगीका
आऊ मथौँ पियारी सुख दुःख सब मिलेर

ओझेल छन् परेका जिउँदा सहिद मुलुकमा
नेता रमाउँदै छन् सालिकहरू पुजेर

तिम्रा नजरले जहिल्यै कमजोरी मात्र देख्छन्
संसार जित्न सक्ने हिम्मत म मा छ हेर

माया म गर्छु भन्दा पत्यार छैन भन्छौ
हेर्छौ भने देखाउँछु छाती मेरो चिरेर

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : २२१ २१२२ / २२१ २१२२
काफिया : एर

वि.सं.२०८० पुस २८ शनिवार ०८:२९ मा प्रकाशित

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...