सफलता न्यौपाने, टोखा, काठमाडौँ
१.
मेरो नमन
एकताको दिवस
शुभकामना !
२.
आज दिवस
हो राष्ट्रिय एकता
हामी माझ छ।
३.
हो यो चरण
आधुनिक नेपाल
पृथ्वी करण ।
४.
एउटा राजा
पृथ्वीनारायण हुन्
सबका साझा।
५.
टुक्रे ती राज्य
गरे एकीकरण
सिङ्गो साम्राज्य।
६.
राष्ट्रप्रतिका
खानी बने मायाका
सबै जातिका।
७.
भै हर्ताकर्ता
बचाएका नेपाल
बाधामा पर्दा।
८.
राष्ट्रविधाता
पृथ्वी शाहवंशीय
राष्ट्रनिर्माता।
९.
गरेर हित
राष्ट्रिय एकताका
बने प्रतीक।
१०.
जोड्दै भावना
सधैं जुटोस् एकता
शुभकामना ।
वि.सं.२०८० पुस २८ शनिवार ०८:३३ मा प्रकाशित






























