back
CTIZAN AD

नतड्पिकन मर्न देऊ

वि.सं.२०८० पुस २८ शनिवार

3.7K 

shares

नीलकण्ठ तिवारी,काठमाडौं । 

मलाई केहि हाइफाई चाहिएन
बाँच्ने वातावरण देऊ ।
मलाई कुनै स्वर्गको आश छैन
धर्तीमै जिउने ठाउँ मात्रै देऊ ।

मलाई कसैसँगै प्रतिस्पर्धा गर्न छैन
ज्यान जोगाउने मौका देऊ
मै आफू बन्न मात्र म बाँचेको होइन
सहकार्यको हातेमालो गर्न देऊ ।

सिकाई नित्य र निरन्तर अर्धजलसम्म छ
अब मेरो एउटै प्रश्न छ
बुढेशकालको कहालीलाग्दो जीवनबारे
व्यक्तिले सोच्ने की राज्यले ?

कसैलाई कसैसँग तौलेर तड्पाउन मन छैन
दुब्लाहरुसँगै डुबुल्कीन देऊ
क्षितिजको दूर सपनामा बहकीन भन्दा
मेरै निस्पटतामा छामछुम गर्न देऊ ।

ठगि, शोषण र लुटको खेतीमा कहिल्यै लागिन
त्यसैले त छानविनबाटै सुद्ध हुन देऊ
मलाई बुढेशकालमा चाहिएको एउटा स्वतन्त्रता
नतड्पिइकन मर्न भने देऊ ।

हामीले जर्बजस्त देवता मानेकाहरु
आक्रोश र आवेगमा राक्षस भनिएकाहरु
सबैलाई नियालीरहेको छु, आज
आखिर ती सबै मानिस नै रहेछन् ।

सिकाई नित्य र निरन्तर अर्धजलसम्म छ
अब मेरो एउटै प्रश्न छ
बुढेशकालको कहालीलाग्दो जीवनबारे
व्यक्तिले सोच्ने की राज्यले ?

वि.सं.२०८० पुस २८ शनिवार ०८:३५ मा प्रकाशित

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...

कविता : के कामको शासन

कविता : के कामको शासन

बिमला चन्द सानू, बैतडी हाल : काठमाडौं लाखौं छन् घरभित्र...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

कविता : लैलै बरी लैबरी

कविता : लैलै बरी लैबरी

हिरा भट्ट बदमास नम्बर दुई जन्मस्थल:पञ्चेश्वर-६,बिजुल, बैतडी "खत्रा ट्याटु बन्यो"भुँडीतिर...

कविता : मान्छे

कविता : मान्छे

अलख निरञ्जन लोहार टीकापुर, कैलाली हाल : भारत जो जो...