उत्तम विचार, टोखा, काठमाडौं
माता स्वस्थानी
रक्षा गर नरको
ठानी अज्ञानी ।१।
अगस्त्य मुनि
कुमारका आज्ञाले
हैरान हुनी ।२।
कथा पुराण
देवता नै दानव
चीर हरण ।३।
सत्तरी शिव
सात वर्षे गोमाको
बाल विवाह ।४।
भेष धारीले
दुःख दिए सहन्छन्
व्यर्थ नारीले ।५।
हुन्छ लेखेको
भाग्यमा जे जस्तो छ
हुन्न देखेको ।६।
चर्खा कातेर
दु;ख भोगिन् गोमाले
शिव सम्झेर ।७।
चन्द्रावतीको
स्वस्थानी निन्दा गर्दा
त्यस्तो गति भो ।८।
पूजा अर्चना
गर्ने गरौँ भक्त हो
दिव्य कामना ।९।
भक्त वत्सल
दुराचार त्यागेर
बनौँं असल ।१०।
वि.सं.२०८० माघ २७ शनिवार ०७:३२ मा प्रकाशित






























