back
CTIZAN AD

कविता : पुनः डस्न तयारथ्यो

वि.सं.२०८० फागुन ५ शनिवार

1.8K 

shares

दुर्गाप्रसाद सिग्देल,बिर्तामोड

स्नान गर्न भनी साधु जादैथे नदीका तट
त्यो बेला जलमा बिच्छी बग्दै आएछ सल्सल

उद्धार गर्दिए त्यस्को नदीका जलमा पसी
डस्न लागेछ त्यो बिच्छी उनकै हातमा बसी

हात हल्लाउँदा बिच्छी तत्कालै जलमा झर्यो
उस्कै कारणले गर्दा ऊ आफैँ नदीमै पर्यो

तैरेर जान लाग्दैथ्यो उद्धार जीवको भयो
सुख्खा बगरमा पुग्दा पुःन डस्न तयारथ्यो

जलेर पनि क्रोधाग्नि मन शान्त गरी कन
पुनः उद्धार गर्दाझन् देखायो दुच्छरी पन

स्वभाव कतिहो दुष्ट जीवन् दान गरे पनि
रुष्टबानीकता छोड्थ्यो साधुका साथमा पनि

कुनै पुरुष हिड्दैथे नदी किनारको पथ
भन्दैथे प्राणीको रक्षा गर्नेछ साधुको मत

बढ्नेछ साहसी ब्यक्ति लक्ष बोकेर निश्चित
मार्ग अल्झाउने रुष्ट ब्यघ्रहोस् कित वृश्चिकः

दुख्ख र सुखमा जल्ले सम्झेर साथ गर्दछ
उपकारी गुणी मान्छे सत्यको सँग पर्दछ

छन्द : अनुष्टुप

 

वि.सं.२०८० फागुन ५ शनिवार ०८:४८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...