back
CTIZAN AD

कविता : मुटुमा छाम्छु तिमीलाई

वि.सं.२०८० फागुन ५ शनिवार

1.7K 

shares

समीप बैरागी,रोल्पा

आशाको डालीमा
जिन्दगीको रंगिन फूल फूलाउन
हिँडिरहेछु संघर्षको बाटो ।

नभन्नु प्रिय !
चटक्कै माया मा¥यो
घर, बारी
बालबच्चा र मलाई ।

नवीन सृजनाको लागि
हतारमा उडि जाने चरीको चुच्चोबाट
खस्यो भने मेरो अघि–एक टुक्रा खर
आँखामा आउँछ घरको छानो ।

प्याट्ट हिर्कायो भने टाउकोमा
सगरमा फन्का मारिरहेको
गौँथलीलो पन्जाबाट खसेको हिलोले
सम्झन्छु मेरो कोदोबारी ।

शीतले भिजेका अबोध कोपिलाहरू
मौसमसँग गुनासो पोखिरहेको दृश्य
अल्झिएर बस्यो भने आँखाको पर्दामा
छोराछोरीको यादले निचोरिन्छ मन ।

हिँड्दाहिँड्दै गोरेटोको चौतारीमा
भेटियो भने बरको साथमा पिपल
यो मुटुमा छाम्छु तिमीलाई ।

वि.सं.२०८० फागुन ५ शनिवार ०८:१० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...