back
CTIZAN AD

सुसेली (गाउँले जिन्दगी)

वि.सं.२०८० फागुन १२ शनिवार

1.1K 

shares

शम्भु गजुरेल, नुवाकोट

१.
सूर्योदयमा
सुनजस्तो हिमाल
हाम्रो गरिमा ।

२.
स्वच्छ गगन
तैरिएका बचेरा
हुँदै मगन ।

३.
पानी कुवाको
दैलो पोत्नी आमाले
गोठ बुबाको ।

४.
गाई गोठमा
पूजा गर्ने बाबाले
चोखो मोठमा ।

५.
आँसी हातमा
खाङ्ग्रे डोको पिठमा
चले वनमा ।

६.
घाँस सोत्तर
थकाइ र भोकले
ज्याँन झाँझर ।

७.
तेल मसला
तरकारी उमाल्न
जुठो तसला ।

८.
पिठो कोदाको
गुन्द्रुकको तिहुन
स्वाद आहाको ।

९.
गाँस च्यापेर
ताने हुक्का निस्किए
धुवाँ फ्याकेर ।

१०.
साथी कोदाली
मेला जान बेशीमा
झरे ओराली ।

 

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...