back
CTIZAN AD

गजल

वि.सं.२०८० फागुन १२ शनिवार

1.1K 

shares

मिलनकुमार ढुङ्गाना, झापा

नपाएर मन हमसफरमा कतै
रमाएँ म उनको बदरमा कतै

फुलेका कुसुम छन् अधरमा कतै
हराएँ म प्रेमिल नजरमा कतै

रमाएछ कमिलो चढी झारमा
खुसी हुन्छ मान्छे अभरमा कतै ?

लुटी देश खाने ठुला भ्रष्ट सब
सुनूँ जेलमा छन् खबरमा कतै

तिमीले भन्यौ रे गरे हुन्छ जे
फुलेका कमल छन् बगरमा कतै ?

बहर : मुतकारिब मुसम्मन महजुफ
वजन : १२२ १२२ १२२ १२

 

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...