back
CTIZAN AD

कविता : क्रान्ति देखियो तेरो रमिता

वि.सं.२०८० फागुन १२ शनिवार

1.6K 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी

नगर भयो कुरा, दिन गयो नफर्किएला
दिल,दिल हो सखे ! सहज यो नचर्किएला
वतन रुँदा तिमी मगन छौ खुसी मनाऊ
जनजनमा भने, भनभनी यसै गनाऊ ।।१

दिनदिन क्रान्तिका गफ भए सुनेँ रमाएँ
पथ पथ पाउ यी निडर भै यतै जमाएँ ।
सहज हुने सबै गरिबका कठोर पीडा
करुण कुरा सुनेँ तर अझै उही छ पीडा ।।

धनपति देखियौ जब मिल्यो भँडार सारा
र नव कुवेर झैँ सुखद मोजको छ पारा ।
अब पनि क्रान्तिका गफ गरे कसै नमानूँ
असल हुँडारका गण भनी यता म जानूँ ।।

गणगणका भयौ अब त रूप देखियो यो
धन पथमा गयौ तब त वाक्य लेखियो यो ।
सबदिन झूटको महलमात्र देखिदामा
किन कसरी सधैँ किरण लुक्छ छेकिदामा ।।

कुटिल छ यो कला अझ बुझौँ म जालझेल
सरसर यो चढूँ झब कता म वायु रेल ?
वतन गयो चिनेँ अलि अबेर भूल मेरो
पलपल देख्छु यो चटकमात्र आज तेरो ।।

छन्द : वाणिनी
गण : न ज भ ज र गु
सङ्केत : lll  lSl  Sll  lSl  SlS  S

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...