back
CTIZAN AD

कविता : जसरी नि सफल हुनु छ आमा

वि.सं.२०८० फागुन १२ शनिवार

1.9K 

shares

कोपिला बर्देवा, काठमाडौं

मलाई जसरी पनि सफल हुनुछ
किनकी, आमालाई खुशी जो बनाउनु छ
ती चाउरी परेर खुम्चिएका गालामा
मीठो मुस्कान जो ल्याउनु छ

तिमिलाई हेप्ने पल्ला घरे छिमेकीलाई
मेरो सफलताले जवाफ जो दिनु छ
मेरा लागि धेरै दुःख गरेकी छौ आमा
बुढेसकालमा सुखमा तिमिलाई जो राख्नु छ

तिम्रो माया अनि तिमिले गरेको दुःखको
ऋण त पक्कै पनि तिर्न सक्दिनँ होला
त्यसैले हार पनि त खानु छैन आमा
किनकी मेरो जित नै तिम्रो खुशी हुनेछ आमा

समाजलाई भर्खरै चिन्दैछु आमा
स्वार्थी मान्छे कस्ता हुन्छन् बुझ्दै छु
जति हार खानु त खाइसके आमा
अब अनुभवले जिन्दगी चलाउनु छ

छोरी अरुका घर जानि त हुन नि
भन्ने समाजलाई गतिलो जवाफ दिनु छ
तिमिलाई पार्वती अनि बुबालाई शिव बनाएर
एकदिन सफलताको शिखरको फेरो लगाउनु छ आमा ।

वि.सं.२०८० फागुन १२ शनिवार ०९:२५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...