back
CTIZAN AD

गजल

वि.सं.२०८० फागुन २६ शनिवार

1.9K 

shares

विमुन्स पौडेल, पोखरा, कास्की

सधैँ देख्छु आँखामा लुकेका कुरा के हुन्
भने पो बुझिन्थे ती दुखेका कुरा के हुन्

नबोल्ने बन्यौ धेरै भएको समय सोँच्छु
नदेख्ने गरी अन्तै डुलेका कुरा के हुन्

मलाई जलायौ मन लगायौ कतै अन्तै
थियो के कुनै गल्ती सुनेका कुरा के हुन्

निकै बेर घोरिन्थ्यौ अरू साथमा बस्दा
नयन फेरि अर्कैसँग जुधेका कुरा के हुन्

भन्यौ छैन परिचय नै सधैँ भेट के हुन्थ्यो
लगन झैँ सधैँ भेट्ने जुरेका कुरा के हुन्

बहर : तबिल मुसम्मन सालिम
वजन : १२२ १२२२ १२२ १२२२

 

वि.सं.२०८० फागुन २६ शनिवार ०८:१७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...