back
CTIZAN AD

कविता : वृद्धावस्था

वि.सं.२०८० फागुन २६ शनिवार

1.2K 

shares

 

जब उमेर छ पश्चिम ढल्कँदै,
दिनदिनै विरहाग्नि छ सल्कँदै ।
बलबुता पनि खस्किन पुग्दछ,
हरपला किन यो मन दुख्दछ ।१।

अघि थियो रसिलो हँसिलो मुख,
अब त अङ्ग गले थलियो सुख ।
सुगर रोग छ प्रेशर साथमा,
छ कमजोर अतीव शरीरमा ।२।

मन छ चञ्चल अस्थिर यो किन ?
सकस बढ्दछ घट्दछ चिन्तन ।
नयन धूमिल बन्दछ यो घरी,
शिथिल देह छ काप्दछ थर्थरी ।३।

सकल केश फुलेर कपासझैँ,
जब म देख्छु र बन्छु हतासझैँ ।
अनि मुहार हजार मुजा भयो,
क्षणिक नश्वर देह छ यो अहो ।४।

अब त जा मन ईश्वरमा सधैँ,
हृदय अन्त नजा अब भो कतै ।
पवनझैँ नभमा नडुले अब,
नियतिको गति हो सब बास्तव ।५।

छन्द :  द्रुतविलम्बित
गण  : त भ भ र
सङ्केत : lll  Sll  Sll  SlS

 

वि.सं.२०८० फागुन २६ शनिवार ०८:२४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...