back
CTIZAN AD

सुसेली

वि.सं.२०८० फागुन २६ शनिवार

1.1K 

shares

श्रीबहादुर केसी शैलुङ्गे, दुवाकोट भक्तपुर
१.
गाउँको बाटो
सुनौलो यात्रा गर्दै
धर्ती र माटो ।

२.
गरेर कर्म
पसिना चुहाउँदै
मानव धर्म ।

३.
पहाडी खोँच
जिन्दगी जिउँदै छु
नवीन सोँच ।

४.
ढुँगा र माटो
जीवनको सहारा
गुन्द्रुक आँटो ।
५.
सुन्दर देश
पुर्खाको धरोहर
फिजाइँ केश ।

६.
पश्चिमी हुम्ला
अजङ्गको पहाड
पुगेर जुम्ला ।

७.
भो उपहार
निर्जिव विडम्बना
माया नमार ।

८.
नदि वालुवा
घुम्तिको बाटोभरी
खियो तलुवा ।

९.
दिप बालेर
गन्तव्यको यात्रामा
कालो फालेर ।

१०.
शान्तिको पर्दा
चाहना नेपालीको
दैलो उघार्दा ।

वि.सं.२०८० फागुन २६ शनिवार ०८:२५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...