back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०८० फागुन २६ शनिवार

1.3K 

shares

शम्भु गजुरेल,सिन्धुली
१.
मलाई लाग्छ आज ठुलै भएछु क्यारे
मेरै कुरा गरेर बन्दैछ अर्काे प्यारे ।

२.
चल्दै थियोे रे चर्चा भन्दिएँ हुन्छ मैले
मेरै गरेर चर्चा कीर्ति रचुन् सबैले ।

३.
छुच्याइँ कर्म हो तुच्छ त्यो त थाहा छँदैछ नि
तैपनि बन्नु नै पर्ने देखावटी भएपनि ।

४.
सोझालाई सबै हेप्छन्, डराउछन् क्रुरता हुँदा
जसरी सबै डराउँछन् अग्निमा हातले छुँदा ।

५.
पुर्खाको सम्पति थियोे आफ्ना पाखुरीको बल
देखेनौ तिमीले किन यहाँ भविष्य उज्ज्वल ।

 

वि.सं.२०८० फागुन २६ शनिवार ०८:२६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...