
सामाजिक अभियन्ता मित्रलाल पार्देको पानी अभियानलाई जर्मनका लागि महावाणिज्यदूत तथा एनआरएनए संरक्षक राम प्रताप थापाले १ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
पानी अभियानका लागि १ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका थापाले यो पानी अभियानको नारा सबै नेपालीको साझा नारा बनोस् भन्दै पानी अभियान सफलहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
पोल्याण्डमा रहेका मित्रलाल पार्देद्धारा सुरु गरिएको उक्त पानी अभियान हरेक घरमा धारो होस्, हरेक गाउँ सिंचाइ होस् भन्ने नाराका साथ सुरु गरिएको छ । हाल दाङको सुनपुरमा पानीको बोरिङ खन्ने काम भइरहेको छ ।