back
CTIZAN AD

अभिनव साहित्यको तेइसौँ वार्षिकोत्सब सम्पन्न

वि.सं.२०८० फागुन २८ सोमवार

1.7K 

shares

काठमाडौं । अभिनव साहित्य समाजले २६५ औं मासिक शृङ्खला अन्तर्गत तेइसौँ वार्षिकोत्सव, कवि गोष्ठी र वेदमणि अभिनव गजल पुरस्कार तथा सम्मान अर्पण समारोह सम्पन्न भएको छ ।

फागुन २६ गते शनिबार गोकर्णेश्वर नपा वडा नं. ६ भैरव स्मृति भवन जोरपाटी काठमाडौंमा सम्पन्न भएको थियो ।

प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यता, समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व, शारदा पराजुलीको उद्घोषण, मेनका आचार्यकोे स्वागत मन्तव्य, समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको धन्यवाद ज्ञापन र सम्मानित तथा पुरस्कृत व्यक्तित्व तथा कृतित्वबारे प्रकाश पार्दै कार्यक्रमको शुरुआत भएको थियो ।

बी.पी. इलामे र घनश्याम प्रसाईद्वारा सम्मानपत्रको वाचन, सचिव परशुराम पराजुलीले समग्र कार्यक्रमको समीक्षा, प्रोत्साहित पुरस्कारको छनौट र गजल वाचन, सुमन पुडासैनी र नवराज पुडासैनी ज्योत्स्नाको सम्पूर्ण व्यवस्थापनमा कायक्रमको सञ्चालन भएको थियो ।

भव्य रूपमा सम्पन्न सो कवि गोष्ठीमा गजलमा विद्यावारिधि गरेका डा. घनश्याम परिश्रमीलाई नगद, दोसल्लासहित सम्मान अर्पण गरिनुका साथै वाग्मती प्रदेशसभा सांसद विमल ठकुरी र गोकर्णेश्वर न.पा. वडा नं. ६ का वडाअध्यक्ष नवराज लामालाई दोसल्लासहित सम्मान अर्पण गरिएको थियो ।
प्रमुख अतिथिले सम्मानित व्यक्तित्व र वाचित रचनाहरुको विषयमा संक्षिप्त टिप्पणी गरेका थिए ।

सहभागीहरूमध्ये एन.वी. जनकपुरी, गोपे दाजु, बुद्धि सागर पौडेल र रुवी सत्याललाई उनीहरूले वाचन गरेको रचनालाई उत्कृष्ट ठानी प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

गायक तथा संगीतकार सन्तोष श्रेष्ठले डा. घनश्याम परिश्रमीका गजल वाचन गरेका थिए । कवि गोष्ठीमा भाग लिने अन्य कविहरूमा बद्रीप्रसाद सुवेदी, सरिता दुलाल घिमिरे, गोविन्द संगत महर्जन, मञ्जुश्री प्रधान के.सी, डिल्लीप्रसाद दाहाल मूलतिउन, ठाकुरप्रसाद खतिवडा, शालिकराम दाहाल, शान्ती शर्मा, ध्रुव गजुरेल, अनुराग अरुण, शर्मिला तिमिल्सिना नेपाल, बाजुराम पौडेल, निर्मलरमण पराजुली, मिसन अधिकारी, भोलानाथ सुवेदी, सागर बाबु श्रेष्ठ, अच्युत पौडेल, भगतदास श्रेष्ठ, दीपक अर्याल, निर्मल अर्याल, उद्धव रायमाझी, वसन्त रिजाल, गोपाल रिजाल, रामप्रसाद सञ्जेल, राजु श्रेष्ठ, पुजन मिश्र, शान्ती श्रेष्ठ, निर्मला भट्टराई, भक्त क्षेत्री, अनुराग, ऋचा, सुशीला खड्का हसिना, भावना न्यौपाने, शर्मिला तिमल्सिना लगायत ४० जना र अन्य सहभागीसमेत गरी ७५ जनाको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८० फागुन २८ सोमवार १७:४७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...