back
CTIZAN AD

किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल

वि.सं.२०७४ वैशाख २४ आइतवार

1.2K 

shares

२४ वैशाख,धनकुटा  । प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ ।

जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना सामग्री वितरण सुरु गरिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । प्रविधिको प्रयोग गर्दै व्यावसायिक खेतीको विस्तारका लागि ४३ थान एनड्रोइड मोबाइल र ४३ थान रेनगेज उपकरण वितरण गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालयले सिफारिस गरेका २६ र पशु कार्यालय धनकुटाले सिफारिस गरेका १७ अगुवा किसानलाई विभिन्न प्राविधिक सूचना पाउन सहज हुने मोबाइल र मौसम मापनसहित बर्सातको पानी नाप्ने उपकरण सामग्री हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख भरतप्रसाद विडारीले बताउनुभयो । किसानलाई निर्वाहमुखी खेतीबाट व्यावासायिक बनाउन ‘मेरो कृषि’ नामक एपमार्फत कृषि प्रविधिसम्बन्धी सूचना उपलब्ध गराउन थालिएको छ ।

विभिन्न समयमा बदलिँदो मौसमबारे अग्रिम जानकारी लिँदै मौसम अनुकूल खेतबारीमा काम गर्न सहज बनाउने भन्दै रु छ लाख ४५ हजार बराबरको रेनगेज उपकरण प्रदान गरिएको छ । जिल्लामा दुई सय सात पशु फार्म र पाँच सय ४४ कृषक समूह रहेको कार्यालयले जनाएको छ ।
कृषिसम्बन्धी सूचना हेर्न सरकारले किसानलाई मासिकरुपमा १५ एमबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने भएको छ । इन्टरनेटसँगै फोनबाट पनि समस्याबारे जानकारी लिएर समधान गरिने योजना रहेको छ । किसानका लागि सिमसहित प्रतिगोटा रु १८ हजार बराबरको सामुसुम जी फाइभ मोबाइल वितरण गरिसकिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक झवीन्द्र मरासिनीले बताउनुभयो ।

वि.सं.२०७४ वैशाख २४ आइतवार १०:४० मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...