बिमला चन्द सानू
बैतडी, हाल : काठमाडौं
उचाल्नेहरू छन् खसाल्नेहरू छन्
सडकमा तमाशा निकाल्नेहरू छन्
बडो शान्त सुन्दर भए झै छ चन्द्र
विवश भै अँधेरी बराल्नेहरु छन्
नजानेर पत्थर जसै मान्न थाल्यौ
अधिक प्यारले मन पगाल्नेहरू छन्
कुकुर काखमा छन् विरालो छ प्यारो
तिनै हेर आमा नपाल्नेहरू छन्
के मापन छ सानू यहाँ जिन्दगीको
यहाँ पाप खुनले पखाल्नेहरू छन्
बहर : मुतकारिब मुसम्मन सालिम
वजन : १२२ १२२ १२२ १२२
वि.सं.२०८० चैत २४ शनिवार ०७:३८ मा प्रकाशित






























