back
CTIZAN AD

कविता : कविता र कवि

वि.सं.२०८० चैत २४ शनिवार

1.4K 

shares

भुवन शिवाकोटी चौघरे, काठमाडौं

हिड्दा हिड्दै
अचानक
अपत्यारिलो बाटोमा भेटिने तिमी
बोल्दा बोल्दै
जब
मुटुको ढुकढुकी पुगेर थुनिन्छौ
साँच्चै !
जीवन यात्रामा
उकालोमा भेटेको लौरोले जस्तै
बढाउँछ
आड भरको विश्वास
र त
शब्द शब्दमा
भाव र लयमा
मनका दुख साँटिन्छन
खुसी बाँडिएका हुन्छन

एक्लो यात्रामा
जब तिमीलाई हृदयमा पाउँछु
नदिको बाटोमा हुँदा
लाग्छ
तिमी नदी म बगर हुँ

बगैंचाहरूमा डुल्दा
लाग्छ
तिमी फुल म डाली हुँ

मनसुनमा रमाईरहदा
लाग्छ
तिमी बादल म पानी हुँ

अग्ला डाँडाहरूको क्षितिज हेरेर
आफैभित्रको तिमीलाई हेरिरहदा
लाग्छ
तिमी धरती म आकाश हुँ

शरद ऋतुका फूलहरू मगमगाएपछि
लाग्छ
तिमी फूल
म तिम्रो अन्तरङ्गमा घुलिएको
सुवास हुँ

थकानका बिश्रामहरूमा
जब निस्कन्छन लामा सुस्केराहरू
लाग्छ
तिमी प्राण म निश्वास हुँ

कसरी बस्यो
आँखा र दृष्टि जस्तो सम्बन्ध
कसरी जोडियो नङ र मासु जस्तो सम्बन्ध
कसरी गाँसियो मन र मुटुको धड्कन

प्रिय ! कविता
यस्तै छ आजकाल मेरो खेती
के लेखें
कति लेखें
किन लेखें
जे लेखे पनि
जति लेखे पनि पुग्दैन रहर
भरिदैन तिम्रा स्पर्शले मन

जहाँ जाउँ
छोड्न मान्दै मान्दैनन् जिद्दी आँखा
बिर्सन दिदैन मुटुको ढुकढुकी
आईहाल्छौ तिमी

कलमभित्रका मसिका थोपाहरुमा
पोखिन्छु म
बारम्बार पोखिईरहेको छु म
प्रिय !
तिमी मेरो कविता
म तिम्रो कवि ।

वि.सं.२०८० चैत २४ शनिवार ०७:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...